गौरमा पुनः अनिश्चतकालीन कर्फ्यू !

१० फागुन, रौतहट
जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः कर्फ्यू जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज  बिहान ८ः३० बजेदेखि पुनः कर्फ्यू जारी भएको हो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान ८ः३० बजेदेखि  अर्को आदेश नभएसम्मका लागि पुनः कर्फ्यू जारी गरिएको जानकारी दिए।  गौर-६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार १ बजेदेखि आइतबार बिहान ६ः३० बजेसम्मका कर्फ्यू जारी गरिएको थियो।

६ः३० बजेदेखि ८३० बजेम्म कर्फ्यू खुकुलो बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation