धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु , २४ जना घाइते

११ फागुन, काठमाडौं

धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते हुनुभएको छ ।

आज राति साढे एक बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका( ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।

उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल  विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनिल गिरीको कमाण्डमा  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिए।

भट्टका अनुसार १७ जनाको शव घटना स्थलमा नै मृत्यु भएको हो  भने घाइते २४ जनालाइ उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ। घाइते तथा मृतकको सनाखत हुन बांकी छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation