छत्रबहादुर थापा नाम गरेका ब्यक्तिले धारिलो खुडा प्रहार गरी श्रीमती र छोरीको हत्या गरेका हुन्। दुइ जनाको हत्या गरी उनले आफ्नो ज्वाइँलाई समेत खुँडा हानेर गम्भिर घाइते बनाएका छन्।
उदयपुर बेलका नगरपालिका घर भएका उनको परिवार पर्सिमोन ड्राइभस्थित बसोबास गथ्यो।
स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे घरेलु हिंसासम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो। थापाका ज्वाइँ ३५ वर्षे सन्तोषकुमार बस्नेतले बाहिर गाडीबाट हिउँ हटाउँदै गर्दा घरभित्रको कोलाहल सुनेपछि ९११ मा फोन गरेका थिए।
हतारिँदै भित्र पस्दा उनले आफ्नी ३१ वर्षीया श्रीमती ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रगतले लतपत अवस्थामा भेट्टाएका थिए।
त्यसपछि थापाले ज्वाइँ बस्नेतमाथि पनि आक्रमण गरे, जसका कारण बस्नेत गम्भीर घाइते भएका छन्। घटनास्थलमा पुगेका प्रहरीले थापालाई बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा भेटेको थियो। पटक–पटक हतियार छोड्न आदेश दिए पनि नमानेपछि प्रहरीले गोली चलाएको थियो, जसबाट घटनास्थलमै थापाको मृत्यु भएको छ।
घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल छन्। डीभीमार्फत गएकी छोरीले दशैँपछि आफ्ना बुबा र आमालाई अमेरिका घुमाउन लगेकी थिइन्।
















