कविता : सन्धीको खोलमा विस्तारवादको धार

१९४७ पछि उत्रिएको खेल,
छिमेकी भनी ठग्ने स्वाभाविक शैली मेल :
सन्धी सम्झौतामा `मैत्री´को नाम,
तर भित्र लुकेको विस्तारवादी काम ।

सुगौली सम्झौताले खोसे भूमि,
देशको नक्सा बन्यो अधुरो, रूए जन्मभूमि ।
कालापानी, लिम्पियाधुरा कहाँ गए ?
इतिहास रोइरहेछ, नक्सा चिच्याइरहे ।

महाकाली सम्झौता शिर झुकाउने दस्तावेज,
भने दुवै देशको हित
तर खोसेर लगे झर्ने बगेज ।
शारदा झिंगा बन्यो हाम्रो पानी,
तर बग्ने हकसमेत रह्यो उनीहरूको थानी ।

कोशीमा त बाँधै हाल्यौ, बिना सोधपुछ,
पश्चिम नहरमा बग्यो सारा हाम्रो स्रोतको जोश
डुबानमा पर्‍यो हाम्रो भूमि, बस्ती-घर,
तर सम्झौतामा छैन राहत, न क्षतिपूर्ति भर।

गण्डकी सम्झौतामा माछा खान दिएनौ,
तिमीले त बिजुली निकाल्यौ, हामीलाई अँध्यारोमा छोड्‌यौ ।देवघाटदेखि त्रिवेणी, खोसेर लगे जल,
तर यता सिँचाइको छैन भरपर्दो हल ।

कर्णालीमा अब फेरि तिम्रो गिद्धे आँखा,
उत्तरतिर जलविद्युत्, दक्षिणतिर नाफा ।
सर्वेक्षण हाम्रो, लगानी हाम्रो,
तर प्राधिकरण भने तिमीलाई फापो ।

अब प्रश्न छः किन सन्धी सधै एकपक्षीय ?
किन हाम्रो अधिकार तिमीलाई चित्त नबुझ्दो बन्छ ?
शक्ति ठूलो छ भन्दैमा सधै नै लुट्ने ?
छिमेकीको घरमा पनि घाम लाग्ने अधिकार हुन्छ ।

नेपाल अब चुप छैन, जनचेतना उठेको छ,
सन्धीको फेरो अब न्यायमा बुझिएको छ ।
जल, जमिन, स्वाभिमानको अब हुनेछ न्याय,
बिस्तारवादमाथि उठ्नेछ जनक्रान्तिको छायाँ ।

प्राणमत्र राष्ट्रिय मासिक बाट

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation