सुशान्त वैदिकको चुनावी प्रचारमा निस्केको गाडी दुर्घटना हुँदा ५ जना घाइते

१६ फागुन, प्युठान

राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका प्रतिनिधि सभाका उम्मेदवार सुशान्तच बैदिकको प्रचारप्रसारमा निस्केको बोलेलो जीप दुर्घटनामा परेको छ ।

विपरित दिशाबाट आइरहेको मोटरसाइकल र स्कुटर पिकअप बोलेरोसँग ठोक्कीदा ५ जना घाइते भएका छन् । बाग्दुला–विजुवार सडक खण्डको प्यठान नगरपालिका –७ टिकुरीमा पिकअप बोलेरोसँग रा ५ प २६८८ मोटरसाइकल रा ५ प ६९४६ स्कुटर दुर्घटना हुँदा मोटरसाइकल र स्कुटरमा सवार यात्रु ४ जना र एक जना जीपमा सवार घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घाइते सबैको अवस्था मध्यम रहेको र अहिले निजहरुको जिल्ला अस्पताल विजुवारका उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हरि भट्टराईले वताएका छन् । गाडी चालक किसन बुढा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घाइतेको विवरण सार्वजनिक भएको छैन भने घटनाको काणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation