१६ फागुन, काठमाडौं
रूसले अमेरिका र इजरायलसँग इरानमाथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेको छ ।
रूसको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर दुवै देशसँग इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको हो ।
उसले स्थिति राजनीतिक तथा कूटनीतिक समाधानको मार्गमा फर्किन आवश्यक भएको पनि बताएको छ ।
वक्तव्यमा अन्तर्राष्ट्रिय समुदायले थप अस्थिरता निम्त्याउने जिम्मेवारीहीन कार्यहरूको वस्तुनिष्ठ मूल्याङ्कन छिटो प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको अलजजिराले जनाएको छ ।
रूसले यसअघि जस्तै अन्तर्राष्ट्रिय कानून, आपसी सम्मान र स्वार्थको सन्तुलनमा आधारित शान्तिपूर्ण समाधान खोज्ने प्रयासमा सहयोग गर्न तयार रहेको पनि जनाएको छ ।
















