झापा-५ मा ४५ प्रतिशत मत खस्यो !

२१ फागुन, झापा

झापा क्षेत्र नम्बर-५ मा ४५ प्रतिशत मत खसेको छ ।

झापा-५ का मतदान अधिकृतका अनुसार मध्याह्न १२ बजेसम्म ४५ प्रतिशत मत खसेको हो ।

यो क्षेत्रमा १ लाख ६३ हजर ३ सय ७९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ८१ हजार ८१, महिला मतदाता  ८२ हजार २९६ र अन्य २ जना मतदाता छन् ।

यो क्षेत्रमा ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र छन् ।

क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाको १,२,३,४,५,६,७ नम्बर वडा पर्छ । जहाँ ४० हजार ७८६ मतदाता छन् ।

त्यसैगरी गौरादह नगरपालिकाको  वडा नम्बर १,२,३,४,५,६,७,८ पर्छ । जहाँ ४१ हजार ४७५ जना मतदाता छन् ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर ३,४,५,६ पर्छ । जहाँ १५ हजार १२१ मतदाता छन् ।

त्यसैगरी दमक नगरपालिकाको वडा नम्बर १,२,३,४,५,६,७,८,९,१० पर्छ । जहाँ ६५ हजार ९९७ मतदाता छन् ।

यो क्षेत्रमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह लगायत चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation