मतदानको निर्धारित समय सकियो

२१ फागुन, काठमाडौं

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्धारित थियो । जसअनुसार अहिले पाँच बजेसँगै निर्धारित समय सकिएको छ ।

यद्यपि, पाँच बजे अगावै मतदान केन्द्रमा लाइनमा बसिसकेका मतदाताले भने आफ्नो भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले यसो भनेपनि अधिकांश जिल्लामा निर्धारित समयमै मतदान कार्य सकिएको फिल्डमा खटिएका अनलाइनखबरकर्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation