रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

२२ फागुन, रुकुमपूर्व

हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ ।

बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याएपछि गणना सुरु भएको छ ।

राति ३ बजे बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा मतगणनाका आचारसंहिता र प्रक्रियाबारे सहमति जुटेसँगै मतपेटिकाको सिल खोलिएको छ ।

यस क्षेत्रमा नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको उम्मेदवारीका कारण यस जिल्लाको नतिजालाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।

जिल्लाका दुर्गम र उच्च हिमाली भेगका मतदान केन्द्रहरूबाट मतपेटिका ढुवानी गर्न भौगोलिक विकटताका कारण चुनौती देखिए पनि सुरक्षा निकायको कडा स्कर्टिङमा रातभरिमा सबै बाकस सदरमुकाम ल्याइएको थियो । ‘सबै मतदान केन्द्रका मतपेटिका प्राप्त भएपछि राजनीतिक दलका प्रतिनिधिहरूसँगको समन्वयमा गणना सुरु गरेका हौं’, मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation