निर्वाचन आयोगका अनुसार ८५ लाख ९३ हजार ४४० मत गनिसक्दा श्रम संस्कृति पार्टीले तीन लाख १ हजार १२९ मत ल्याएको हो।
समानुपातिकमा अग्रस्थानमा रहेको रास्वपाले ४१ लाख ५१ हजार २५७ मत ल्याएको छ। यस्तै नेपाली कांग्रेसले १३ लाख ८९ हजार ९६६ मत प्राप्त गरेको छ।
यता नेकपा एमालेले ११ लाख ७३ हजार ५६१ मत हात पारेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ६ लाख ९ हजार २०८ मत पाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ८२ हजार ५५ मत पाएको छ
















