आज देशभर बादल, केही स्थानमा वर्षाको सम्भावना

२८ फागुन, काठमाडौं

आज देशैभर साधारणतया र आंशिक बादल देखिने पूर्वानुमान गरिएको छ । देशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

यही बादलका कारण कोशी प्रदेशलगायत बागमती र गण्डकी  प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा मधेश प्रदेशको  थोरै स्थानहरु, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ महाशाखाको पूर्वानुमान रहेको छ ।

आज राति पनि मौसम बदली जारी भइ देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम बदली भए पनि वर्षा हुन नसक्दा काठमाडौंलगायत प्रमुख सहरको वायू प्रदूषण उच्च भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation