निर्वाचन आयोगद्वारा मातृका यादव निर्वाचित भएको घोषणा

 

२८ फागुन, काठमाडौं

निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ ।

रउम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ । सुरुमा भने उनलाई प्रमाणपत्र उपलब्ध गराइएको थिएन । निर्वाचित भएको घोषणा नगरेपछि नेकपाले विरोध जनाएको थियो ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज भइसकेकोले किशोरी साहको मत नै वेबसाइटमा अद्यावधिक गरेको छैन । उनको मत अद्यावधिक नभएपछि यादव नै पहिलो स्थानमा आएकोले उनलाई घोषणा गरेको हो ।

कालो सूचीमा रहेको भेटिएपछि निर्वाचन आयोगले रास्वपाका साहको उम्मेदवार खारेज गरेको थियो । तर, उनी लगत्तै अदालत गएका थिए । उनीबारे अदालतले शुक्रबार निर्णय गर्दैछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation