नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ओलीको सचिवालयले जनाएकाे छ। स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।
















