गोरखास्थित मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ।
गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा माइक्रो दुर्घटनामा परेको हो।
सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।
माइक्रोमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै प्रहरी उपरीक्षक विकले घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको बताए।
















