भौतिकवादी समाज नेपाल दाङको प्रथम भेला सम्पन्न, अध्यक्षमा पदम

१ चैत, दाङ

“वैज्ञानिक, तकैशील र मानववादी समाज, भौतिकवादी समाज नेपाली अभियान” भन्ने मूल नाराका साथ भौतिकवादी समाज नेपाल दाङको प्रथम जिल्ला भेला सर्बाेदय पुस्तकालय तथा बाचनालय घोराहीमा सम्पन्न भएको छ। जन्मदेखि मृत्युसम्मका संस्कारहरू कस्तो बनाउने र हरेक मानिसको चिन्तन शैलीलाई वैज्ञानिक, मानववादी र तर्कशील बनाउने उद्देश्य सहित आयोजना गरिएको सो कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक व्यक्तित्वहरू, विद्यार्थी, सामाजिक संघसंस्थामा काम गर्ने अभियन्ताहरु, साहित्यका तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।


  1. भेलाले पदमप्रसाद पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय दाङ जिल्ला आयोजक समिति गठन गरेको छ। जसको उपाध्यक्षमा सुदृष्टि लक्ष्मी, सचिवमा विष्णु हमाल, कोषाध्यक्षमा विकास सीलाई चयन गरिएको छ भने लेखराज रेग्मी, नन्दलाल नेपाली, जनक बि.क. रामप्रसाद जैसी, सुर्य बिसी र पार्वती न्यौपाने सदस्य रहेका छन् । १ जना पछि थप्नेगरी भेलाबाट १० जनालाई चयन गरिएको र शशिधर भण्डारी, प्रमाेद धिताल र रामबहादुर जिसीसहित ३ जनाकाे सल्लाहकार समिति बनाइएको अध्यक्ष पदम प्रसाद पोख्रेलले बताएका छन् ।

भेलामा उपस्थित सबैजसो वक्ताहरूले सबैखाले धर्ममा आधारित विभिन्न संस्कार, संस्कृति, आचरण र व्यवहारमा विद्यमान विकृति, विसंगतिको अन्त्यको लागि भौतिकवादी विचार किन अँगाल्नुपर्छ र यो प्रकारको विचार, दर्शन र व्यववहारिक प्रयोग किन आवश्यकता छ भन्ने विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा विज्ञान, तर्क र विवेकलाई अनुसरण गरी मानववादी चिन्तनमा आधारित मानवीय सेवाभावको विचारको कसरी विकास गर्ने भन्ने विषयमा गहन छलफल भएको थियो ।

जिल्ला भेलामा केन्द्रीय समितिका अध्यक्ष वैद्यनाथ श्रमजीवीले समाजमा दुई थरी मान्छे हुने भएकोले एकथरीको विचार अर्कोथरिलाई फरक लाग्नु स्वभाविक भएकोले एकअर्काले निषेध गरेर नभइ तथ्य र प्रमाणका आधारमा बहस गरेर पुरातवादी कुसंस्कारलाई वैज्ञानिक दृष्टिकोणका आधारमा परिस्किृत गरेर लैजान सकिने र आपूmहरुले देशभर त्यसको लागि काम गरिरहेको बताएका छन् । उनले भौतिकवादी समाज कुनै राजनीतिक पार्टीको संगठन नभएकोले उक्त फोरमभित्र कुनै पनि पार्टी सही वा गलत भन्ने लगायतका बहस आवश्यक नरहेको बताउँदै भौतिकवादी संस्कृति भावी पुस्तामा सही ज्ञानको हस्तान्तरणको विषय पनि भएकोले आफैंबाट रुपान्तरित भएर अगाडि बढ्न जरुरी भएको बताएका छन् । उनले एक्काइसौँ सताब्दीको विज्ञान प्रविधिले फड्को मारिरहेको युगमा त्यस प्रविधिको भरपूर प्रयोग नगर्ने एक जना पनि मानिस नभएको भएपनि धर्म, मुर्ति र पोस्टरको पुजाआजा गर्ने प्रचलनमा कमी नआउनु निकै दुखद भएको बताएको छन् । वस्तुवादी चेतनाको व्यापक जागरणले मात्रै मुर्ति पुजाजन्य प्रथामा कमी आउने दावी गरे ।
भौतिकवादी समाज नेपालले यही चैत ८ र ९ गते चितवनमा राष्ट्रिय भेला आयोजना गरेको छ ।

कार्यक्रममा लेखराज रेग्मी, शशिधर भण्डारी, रामबहादुर जिसी, जनक बिक, प्रमोद धिताल, विकास सी, रामप्रसाद जैसी, पुरन शर्मा लगायतले भौतिकवादी संस्कृतिको महत्त्वलाई दर्शाउँदै यसलाई सही ज्ञानको प्रवाहमार्फत समाजमा चेतनाको चागरण पैदाको लागि भौतिकवादी समाज नेपालले बलियो औजारको रुपमा काम गर्न जरुरी भएको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation