पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध

७ चैत,बुटवल

वर्षा पछि झरेको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुवैतर्फको सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सवारी साधनहरुलाई पाल्पा रुट हुँदै ड्राइभर्सन गरिएकोमा उक्त सडक समेत अवरुद्ध भएको छ । वर्षा भइरहेकाले अवरुद्ध सडक खुल्न केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation