प्युठानमा हाइस दुर्घटना, १५ जना घाइते, दुई गम्भिर

१३ चैत, प्युठान

प्युठानको झिमरुक-३, चिसापानी नजिकै हाइस गाडी दुर्घटना भएको छ । आज बिहान बादिकोट देखि वुटवल जाँदै गरेको अन टेस्ट गाडी अनियंत्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा चालक सहित १५ जना घाइते भएको र २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको प्रहरिले जनाएको छ ।

दुर्घटनामा परेको गाडी सडकबाट करिव ५० मिटर तल खोला किनार खेतमा पुगेको थियो ।
दुर्घटना बारे थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation