बालेनकाे शपथग्रहणमा धार्मिक तामझाम नगर्न भाैतिकवादी समाजकाे अपिल

१३ चैत, काठमाडौं

भाैतिकवादी समाज नेपालले बालेनले प्रधानमन्त्रीकाे सपथग्रहण समाराेहमा गर्नलनगेकाे तथाकथित धार्मिक विधिकाे विराेध गरेकाे छ । आजकाे एक्काइसौं शताब्दीकाे विज्ञानप्रविधिकाे युगमा पनि १६ औं १७ औं शताब्दीका राजा-महाराजाले जसरी राज्यविषेककाे नाटक मञ्चन गरिनु लाेकतान्त्रिक गणतन्त्रको अपमान तथा धर्मनिरपेक्षताकाे सिद्धान्त र मर्मविपरीत भएको भन्दै विराेज जनाउँदै राज्यसत्तालाई धार्मिक विधिमा नलैजान र लाेकतान्त्रिक परिपाटी एवम् धर्मनिरपेक्षताकाे मूलमर्म कायम राख्न अपिल समेत गरेकाे छ ।

समाजका केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले एक विज्ञप्ति जारी गर्दै बहुलवादी, बहुसांस्कृतिक र आधुनिक लाेकतान्त्रिक राष्ट्रमा नेपालकाे संविधानले अंगालेकाे धर्मनिरपेक्षताकाे मूल मर्मलाई लत्याउँदै पूर्ण धार्मिक राज्यकाे झल्काे दिनु संविधानकाे मर्मविपरीत भएको ठहर गरेकाे हाे ।
बिहीबार जारी विज्ञप्तिमा भनिएको छ: “धर्मनरपेक्षताको मूल मर्म भनेको राज्य कुनैपनि धर्मसँग आबद्ध नहने र सबै नागरिकलाई समान व्यवहार गर्ने तथा धर्म मान्ने वा नमान्ने स्वतन्त्रता प्रदान गर्ने हो। तर, पछिल्ला दिनहरूमा समाचारहरुका अनुुसार प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा १०८ जना पण्डितले मन्त्रोच्चारण गर्ने, १६ जना लामाहरूले मन्त्रोच्चारण गर्ने र ७ जना बाहुनहरूले शंख बजाउने, अनि शुभसाइत (मुहूर्त) खोज्ने जस्ता अभ्यासहरू गर्न खोजिएको देखिन्छ। यस्ता क्रियाकलापहरू संविधानको मर्म र भावना विपरीत छन् भन्ने हाम्रो ठहर छ। यस्तो अभ्यासले राज्यलाई धर्मसँग जोड्ने मात्र होइन, धर्मनिरपेक्षताको सिद्धान्तलाई कमजोर पार्ने काम गर्दछ ।”
तर्क, तथ्य र वस्तुवादी विचारले मात्र समाजमा सही ज्ञान प्रवाह हुनसक्ने निष्कर्ष रहेकाे साे भाैतिकवादी समाजले याे विराेध कुनै व्यक्तिकाे नभइ राज्यका सम्पूर्ण आधिकारिक अंगहरुमा धार्मिक गतिविधि नगर्न र त्यसकाे प्रभाव हटाउन माग गरेकाे छ ।

विषयवस्तुलाई स्पष्ट पार्दै भनिएकाे छ: “भौतिकवादी समाज, नेपालले प्रधानमन्त्री तथा सम्बन्धित निकायलाई संविधानको मर्मअनुसार धर्मनिरपेक्ष अभ्यास अपनाउन आग्रह गर्दछ ।” “राज्यका सम्पूर्ण आधिकारिक कार्यहरूबाट धार्मिक प्रभाव हटाउन माग गर्दछ। वैज्ञानिक, प्रगतिशील र प्रमाणमा आधारित समाज निर्माणका लागि सम्पूर्ण नागरिकलाई सचेत र एकजुट हुन आह्वान गर्दछ ।”
अन्त्यमा हामी स्पष्ट गर्न चाहन्छौँ कि हाम्रो विरोध कुनै व्यक्तिको व्यक्तिगत आस्था विरुद्ध होइन बरु राज्यको धर्मनिरपेक्ष चरित्रको संरक्षणका लागि हो । बालेनले प्रधानमन्त्रीकाे सपथ खाने सामान्य लाेकतानत्रिक अभ्यास भएकोले धार्मिक तामझाम गर्नु बेकार भएको अन्य सराेकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation