
जेनजी आन्दोलन दमन गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तत: प्रहरीले पक्राउ गरेको छ।
उनलाई प्रहरीले गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले सिफारिस गरेका सुरक्षा निकायका पदाधिकारीबाहेक अरुको हकमा तत्काल छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो।
त्यसपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखसँग लामो छलफल गरेका थिए।
त्यसपछि अति जरुरी पक्राउ पूर्जीसहित ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी राति नै परिचालित भएका थिए।
















