रमेश लेखक निवासबाटै पक्राउ !

जेनजी आन्दोलन दमन गरेको आरोपमा तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले विहनै पक्राउ गरेको हो ।

नयाँ सरकार गठन भएलत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग लामो छलफल गरेका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा ओली र लेखकमाथि मुलुकी अपराध संहिताको दफा १८१ र दफा १८२ अनुसार कारबाही सिफारिस गरिएको छ।

यस दफा अन्तर्गत लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरेर ज्यान लिएको कसुर अन्तर्गत कारबाही हुने उल्लेख छ । यसमा तीन देखि १० वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation