ओली पक्राउकाे विराेधमा काठमाडाैँका विभिन्न ठाउँमा प्रदर्शन

१४ चैत, काठमाडाैँ
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउकाे विराेधमा कार्यकर्ता सडकमा उत्रिएका छन्। एमालेका भ्रातृ संगठनहरू र समर्थकहरू राजधानीलगायत देशभरका प्रमुख शहरहरूमा सडक प्रदर्शनमा उत्रिएका हुन्।
अध्यक्ष ओलीलाई गुण्डुस्थित निवासबाट शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो। यसकाे विराेधमा काठमाडौँको भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय च्यासलसहितका स्थानमा एमाले निकटका युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरू ठूलो संख्यामा भेला भएका छन्।
प्रदर्शनकारीहरूले सरकार विरोधी नाराबाजी गर्दै तत्काल ओलीको रिहाइको माग गरेका छन्। पार्टी केन्द्रीय कार्यालय अगाडि टायर बालेर सडक अवरुद्ध गरिएको छ भने भृकुटीमण्डमा पनि नाराबाजी गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation