एमाले संसदीय दलको बैठक जारी

 

१८ चैत, काठमाडौं

नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।

राष्ट्रिय सभाका सांसदहरूसहित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ ।

संघीय संसद् बैठक १९ चैत बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो ।

त्यसैगरी बैठकमा संसद्‍मा पार्टीले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ ।

एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउ विरुद्ध राजनीतिक र कानुनी रूपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ । त्यसका लागि सडक र सदन दुवैलाई तताउने एजेन्डा सो बैठकले गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation