डिजिटल हिंसामा परेकी अमिसाले दिइन् साइबर ब्यूरोमा उजुरी

 

१८ चैत, काठमाडौं

डिजिटल हिंसामा परेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन् । साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार उजुरी दिएकी हुन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शनमा आउँदा दिएको अभिव्यक्तिलाई लिएर धाकधम्की आएपछि पराजुलीले उजुरी दिएकी हुन् ।

प्रदर्शनका क्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा गालीगलौच र धम्की दिइएको छ । उनलाई बलत्कारसम्म गर्ने किसिमका धम्कीहरु सामाजिक सञ्जालका कमेन्टमा आइरहेका छन् । त्यस्ता कमेन्ट गर्नेविरुद्ध उनले बुधबार उजुरी दिएकी हुन् ।

अमिसाका अनुसार पनि उनले आफूमाथि आएका अश्लिल र धम्कीपूर्ण कमेन्ट र मेसेज संकलन गरेर राखेकी थिइन् । सोही आधारमा सम्बन्धितलाई कारबाही हुनुपर्ने भन्दै उनले उजुरी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation