
१९ चैत, काठमाडौं
माननीय डा. माहाविर पुनले `म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ´ भनेका छन्। बिहीवार बसेको प्रतिनिधि सभामा बोल्दै उनले यसो भनेका हुन् ।
उनले भने, ‘म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष–विपक्षभन्दा माथि उठेर निष्पक्ष हुनेछ।’
पुनले आफूले प्रतिनिधिसभा चुनाव लड्ने सोचसमेत नरहेको बताउँदै २०८२ भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ पछि युवाहरूको आग्रहमा राजनीतिमा आएको उल्लेख गरे। उनले भने ‘त्यतिबेला म ताप्लेजुङका गाउँ–गाउँमा किताब बेचिरहेको थिएँ, तर जेनजी भाइबहिनीहरूले मलाई शिक्षा तथा विज्ञान मन्त्री बनाइदिए,’ ।
















