प्युठानमा इभि दुर्घटना: ३ जना घाइते, उपचारका लागि बुटवल पठाइयो

१९ चैत, प्युठान

दाङको भालुबाङदेखि प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१.००१ ज ०७६२ नम्बरको इभि गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

सरुमारानी गाउँपालिका–४ बड्डाडा (दर्भान साइड) मा भएको दुर्घटनामा नौबहिनी–१ स्याउलिबाङका ७६ वर्षीय दलबहादुर पुन, करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका २ रामपुरका खेमराज खनाल घाइते भएका हुन्।

घाइते सबैलाई उपचारका लागि बुटवल पठाइएको छ। इभिमा चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयले घा’इतेको उद्धार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation