प्युठानको ऐरावती – १ छेडाघाटमा आगलागी, १३ जनाको घरगोठ जलेर नष्ट

२२ चैत, प्युठान

प्युठानको ऐरावती गाउँपालिका-१ छेडाघाको बस्तीमा आगलागी भएको छ । स्थानीय लक्ष्मण रानको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरहरी अधिकारीसहित इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट ३० जनाको टोली खटिएको थियो ।

शनिबार राति पौने १२ बजे सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र र स्थानीयको सहयोगमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

आगलागीबाट बस्तीका १३ घरपरिवारका घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट झन्डै एक करोड बराबरको क्षतिको अनुमान गरिएको प्रहरीले जनाएको छ

नामसहितको विवरण :

१) देवान सिंह रानाको १ कुसले छाएको गोठ पुर्णरुपमा जलि नष्ट भएको,

२) बिकाश रानाको गोठ पुर्णरुपमा जलि नष्ट भएको,

३) लक्ष्मि रानाको गोठ पुर्णरुपमा जलि नष्ट भएको,

४) इश्वरी रानाको कच्चि घर पूर्ण रुपमा जलि नष्ट भएको, भाडावर्तन, लत्ताकपडा, खाद्यान्न, ३ गोरु, १५ बाख्राको मृत्यु भएको,

५) रमेश घर्तीको १ घर, १ गोठ पुर्ण रुपमा जली नष्ट भएको ६ वटा बाख्राको मृत्यु, भाडावर्तन, लत्ताकपडा, आधा तोला सुन, नगद रु.५०,०००।- (पचास हजार) जली नष्ट भएको,

६) ओम बहादुर रेश्मी मगरको १ घर, २ गोठ पुर्णरुपमा जली नष्ट भएको र ३३ बाख्रा जली मृत्यु भएको, भाडावर्तन, खद्यान्न, लत्ताकपडा, नगद रु. ७१,५००।- (एकहत्तर हजार पाचँ सय) जली नष्ट भएको,

७) भुपाल रोकाको १ घर, १ बाख्रा पुर्णरुपमा जली नष्ट, १८ बाखा जलि मृत्यु, बाडावर्तन, लत्ताकपडा, नगद रु.२,००,०००।- (दुई लाख), आधा तोला सुन जली नष्ट भएको,

८) गुमा रजालिको १ घर १ गोठ, १ बङ्गुर, लत्तकपडा भाडाबर्तन खाद्यान्न जली नष्ट भएको,

९) बल बहादुर रजालीको १ घर, १ गोठ, लत्ताकपडा खाद्यान्न, भाडाबर्तन जली नष्ट भएको,

१०) झबिन्द्र रजालीको १ घर १ गोठ भाडाबर्तन, लत्ताकपडा र खाद्यान्न जली नष्ट भएको,

११) घन ब. रानाको १ घर १ गोठ १५ बाख्रा २ गोरु ४ कुखुरा र अन्य भाडाबर्तन, खाद्यान्न, लत्ताकपडा जली नष्ट भएको, भाडावर्तन, ख

१२) देव ब. रजालीको १ गोठ, १५ वटा बाखा जली मृत्यु भएको र ह

१३) डिला रजालीको १ गोठ, १ बाख्रा घाईते, दुई गोरु जलि मृत्य भएको

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation