सुदूरपश्चिमको वन वातावरण मन्त्रीमा कांग्रेसका भट्ट नियुक्त, आजै शपथ

२३ चैत, धनगढी

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् ।  सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई वन मन्त्रीमा नियुक्त गरेका हुन् ।

पूर्व आन्तरिक तथा मामिला मन्त्रीसमेत रहेका भट्टलाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ । जसका लागि साँझ ५ बजेको समय तय गरिएको छ ।

गत असारदेखि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी स्वयम् मुख्यमन्त्री शाहले  सम्हालिरहेका थिए ।

आर्थिक विवादमा परेपछि तत्कालीन वनमन्त्री नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation