सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना, ३ जनाको मृत्यु, १५ घाइते

 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सोही नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना भएको हो ।

मृत्यु हुने हरुमा कुपिण्डे नगरपालिका- ८ का ५० वर्षीय टोपबहादुर थापा , ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिए ।

उद्धारमा खटिएका वडानम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए । तीमध्ये १५ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरे सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको छ ।

घाइतेहरु :

१. ३० बनगाड कुपिण्डे-८ का वर्ष ३० का मनबहादुर थापा (गम्भीर)
 २. ऐ.ऐ. बस्ने वर्ष ६४ का अम्मरसिहं कँवर (गम्भीर)
३. ऐ.ऐ. बस्ने वर्ष २७ को डम्मर घर्ती (गम्भीर)
४. ऐ.ऐ. बस्ने वर्ष ३० का जनक थापा (गम्भीर)
५. ऐ.ऐ. बस्ने वर्ष ४९ को भुपेन्द्र कँवर (गम्भीर)
६. ऐ.ऐ. बस्ने वर्ष ३० का भुलबहादुर थापा (गम्भीर)
७. ऐ.ऐ. बस्ने वर्ष ५६ का जुगसिहं पुन (गम्भीर)
८. ऐ.ऐ. बस्ने वर्ष ३८ का अम्मर पुन (मध्यम)
९. ऐ.ऐ. बस्ने वर्ष २८ का नरसिङ थापा (मध्यम)
१०. ऐ.ऐ. बस्ने वर्ष २५ का प्रेमबहादुर घर्ती (मध्यम)
११. ऐ.ऐ. बस्ने वर्ष २५ का नरबहादुर थापा (मध्यम)
१२. ऐ.ऐ. बस्ने वर्ष ३८ का कर्ण बहादुर थापा (मध्यम)
१३. ऐ.ऐ. बस्ने वर्ष ४५ का लाल ब. घर्ती (मध्यम)
१४. ऐ.ऐ. बस्ने वर्ष १५ का तिलक थापा (मध्यम)
१५. ऐ.ऐ. बस्ने चालक वर्ष ३८ का कुलबहादुर राना (गम्भीर)
स्रोत : जिल्ला प्रहरी कार्यालय सल्यान

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation