राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिवसहित तीन जना पक्राउ परेका छन् ।
महासचिव आर्यन कुँवरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । कुँवरसँगै मोर्चाका सल्लाहाकार दानबहादुर कामी र दिनेश सुनार पक्राउ गरेका हुन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष्ण खड्काले बताए ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको उनले बताए । शुक्रबार नै प्रहरीले मोर्चाका कावा अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पनि पक्राउ परेका थिए । उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा रहेको प्रहरीले बताएको छ ।

















