घरभित्र आक्रमण, बालक उद्धार गर्न जाँदा अर्का व्यक्ति घाइते

१४ वैशाख, रोल्पा

घरभित्र प्रवेश गरेको निहुँमा एक बालकमाथि निर्घात कुटपिट र ज्यान मार्ने धम्की दिएको घटना सार्वजनिक भएको छ।
घटना राेल्पाकाे गंगादेव गाउँपालिका- ५ फूल्बासकाे हाे ।
स्थानीयका अनुसार बालक घरभित्र पसेकाे निहुँमा भीमबहादुर खत्रीले १० वर्षीय बालक खगेन्द्रमाथि घरभित्रै आक्रमण र कुटपिट गरेकाे गाउँलेहरूले थाहा पाएर उनलाई उद्धार गरेका थिए।
उद्धारपछि खगेन्द्रलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गोपाल बिकमाथि धारिलो हतियार प्रहार गरिएको बताइएको छ। उक्त आक्रमणबाट बिक गम्भीर घाइते भएका छन् र उनको अवस्था चिन्ताजनक रहेको स्रोतले जनाएको छ।

घटनापछि स्थानीयबासीमा त्रास फैलिएको छ भने दोषीमाथि कडा कारबाहीको माग उठेको छ। यस घटनाको वास्तविकता तत्काल छानबीन गरी संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठिरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, समाजमा यस्ता हिंसात्मक र विभेदजन्य घटनालाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation