प्युठानका गोविन्द धामी जीवन-मरणको संघर्षमा, सहयोगका लागि अपिल

प्युठान नगरपालिका–१, दाखा कवाडी निवासी गोविन्द धामी हाल भारतको हैदराबादस्थित अस्पतालमा जीवन र मृत्युसँग  संघर्ष गरिरहेका छन् । सानै उमेरमा बुबा–आमा गुमाएका गोविन्द अहिले गम्भीर स्वास्थ्य समस्याका कारण अस्पतालको बेडमा उपचाररत छन्।

घरपरिवारको आर्थिक अवस्था सुधार्नका लागि उनी बिगत केही वर्षदेखी भारतमा काम गर्दै आइरहेका थिए । तर स्वास्थ्य समस्याका कारण उनी आफै हस्पिटलमा छटपटाउन बाध्य छ्न् ।

        गोविन्दको दिदिको बैंक खाताको क्यु.आर

उनको किड्नीमा गम्भीर समस्या देखिएपछि भारतको हैदराबादमा उपचार भइरहेको छ। तर आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारमा समस्या उत्पन्न भएको छ र आवश्यक रकम अभावका कारण उपचार रोकिएको परिवारले जनाएको छ।
गोविन्दको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ। यस्तो विषम परिस्थितिमा उनको जीवन बचाउन सबै सहयोगी मनहरूलाई आर्थिक सहयोग गरिदिन परिवार तथा आफन्तजनले विनम्र अपिल गरेका छन्।
“सानैमा अभिभावक गुमाएका गोविन्द अहिले जीवन बचाउन संघर्षरत छन्। आर्थिक अभावका कारण उपचार प्रभावित भएको हुँदा सबैले सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ।”
मानवताको नाताले सबैले सानो–सानो सहयोग गरे गोविन्दको उपचारमा ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation