स्थानीय तहप्रति रवि आक्रोशित: “रास्वपाको काँधमा बन्दुक हानियो”

 

२० वैशाख, काठमाडौं

रास्वपा सभापति रवि लामिछानेले देशभरका स्थानीय तहहरूले आफ्नो पार्टीको काँधमा बन्दुक हान्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अव्यवस्थित व्यवसायीलाई स्थानीय तहले आफ्नो पार्टीको नाम बदनाम हुनेगरी ब्रिफिङ गरेको जिकिर गरे ।

‘देशभरिका विभिन्न स्थानीय निकायहरूले रास्वपाको काँधमा बन्दुक हानेर अव्यवस्थित व्यवसायीलाई देख्यौ तिमीहरूको काम गरिरहनुभएको छ, त्यसमा हाम्रो गम्भीर आपत्ति छ,’ लामिछानेले भने ।

साथै, उनले अव्यवस्थित मात्रै नभइ असुरक्षित बसोबासीको हकमा सरकारले बस्ती हटाउने कदम चालेको जिकिर गरे ।

‘अव्यवस्थित मात्रै होइन, असुरक्षित बसोबासीको हकमा सरकारले यो कदम चालेको हो,’ लामिछानेले भने ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation