कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

२१ वैशाख, काठमाडौं

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

बैठकमा पार्टीका विभिन्न एजेण्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ । महामन्त्री गुरुराज घिमिरेले भने ११ बजे सानेपामा बसेर कार्यसम्पादन समिति बैठकका एजेन्डा तय गरिने जानकारी दिए ।

कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation