अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आइतबार विद्यालय खोल्ने

२४ वैशाख, अर्घाखाँची

संघीय सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन र इन्धन बचतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

नगरपालिकाले चाडपर्व, वर्षे तथा हिउँदे बिदालाई यथावत राख्दै पाठ्यक्रम पूरा गर्न असर नपर्ने गरी आइतबार पनि पठनपाठन सञ्चालन गर्ने जानकारी दिएको हो।

उता, शिक्षामन्त्री सस्मित पोखरेलले दुई दिन लगातार सार्वजनिक बिदाबारे गहिरो समीक्षा भइरहेको र आवश्यक परे निर्णय पुनर्विचार हुन सक्ने बताउँदै आएका छन्।

शिक्षण संस्थाहरूले दुई दिने बिदाले पाठ्यक्रम पूरा गर्न कठिन हुने भन्दै निर्णयमा पुनर्विचार गर्न माग गरिरहेका छन्। देशभरका करिब दुई दर्जन स्थानीय तहले केन्द्र सरकारको निर्णय कार्यान्वयन नगर्ने भन्दै आइतबार विद्यालय खोल्ने निर्णय गरिसकेका छन्। यसले संघीय सरकारलाई बिदाको औचित्य पुष्टि गर्न दबाब बढेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation