त्रिशूली दुर्घटना अपडेट: ६ जनाको मृत्य ३४ जनको जीवितै उद्घार

धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए ।

उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation