नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर

२४ फागुन, काठमाडौं

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको लोत्से हलमा बिहान साढ ८ बजेका लागि बैठक बोलाइएको छ ।

सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ ।

एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।

देउवाको पहलमा जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनमा सामेल भएका छैनन् भने नागरिक उन्मुक्तिले पनि निर्णय गरिसकेको छैन । आज बस्ने संसदीय दलको बैठकले थप रणनीति तय गर्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने बुधबार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation