माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने

 

२६ फागुन, काठमाडौं

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने बताएको छ ।

शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म उम्मेदवार टुंगो लगाउने बताएका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले उम्मेदवारबारे भोलिसम्म निर्णय हुन्छ भन्नुभएको छ’, पाण्डेले भने ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता सामाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले लिने सहमति भएको थियो । माओवादी केन्द्रमा अध्यक्ष पदका लागि मुख्य ३ जना आकांक्षी देखिएका छन् ।

हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालले अध्यक्ष पदका लागि आकांक्षा राखेको स्रोतको भनाइ छ ।

राष्ट्रियसभा निर्वाचनको मिति २९ फागुनका लागि तोकिएको छ ।

-अ.ख.

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation