कर्णाली पुलमाथि गुडिरहेकाे ट्रकमा आगलागी

बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लट्ठामा समेत क्षति पुगेकाे छ।

सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना प ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी भएको थियो। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिकाको दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो लाग्नुको कारण भने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation