होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउछ – राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली पर्व) ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन भूमिका खेल्ने बताएका छन्।

फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताएका छन्। यो पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

‘होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु’, उनको शुभकामना सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीति निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न प्रेरणा प्रदान गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation