बागमतीमा ४ दलीय गठबन्धनबीच ५ बुँदे सहमति

बागमती प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीगरि चार दलीय गठबन्धनबीच पाँचबुँदे सहमति भएको छ।

वर्तमान प्रदेशसभामा बाँकी पूरै कार्यकालका लागि सहकार्य गरी सत्ता गठबन्धन गर्ने उल्लेख छ।

यसैगरी केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णयानुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलबीच प्रदेश सरकारको नेतृत्वमा सहकार्य गर्ने। सत्ता गठबन्धन दलहरूको प्रदेश स्तरीय साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसैअनुसार अघि बढ्ने। सहमतिको आधारमा मन्त्री र मन्त्रालयको भागबण्डा लगाउने। प्रदेशसभामा प्रतिनिधित्व गरेका अरू दललाई पनि गठबन्धनमा सहभागी हुन अनुरोध गर्ने सहमतिमा उल्लेख छ।

उक्त सहमतिमा नेकपा (एमाले)का नेता जगन्नाथ थपलिया‚ मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेल‚ मन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता डा. राजेन्द्रमान श्रेष्ठ एवं हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन्।

हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई आजै साँझ प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ। बज्राचार्यले आजै शपथ लिने र पदभार ग्रहण गर्ने कार्यतालिका रहेको छ।

बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका सांसद बज्राचार्यलाई मन्त्री बनाउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation