सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञाको घोषणा

२३ चैत, विराटनगर 

जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाँउपालिकामा  निषेधाज्ञाको घोषणा गरेको छ। हरिनगर गाउँपालिकाका सबै वडा र देवानगंज गाँउपालिकाको वडा नम्बर १ र ७ मा आज दिनको १२ बजेदेखि निशेधाज्ञा जारी गरेको हो।

शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गर्दै सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्धारा जारी गरिएको सूचनामा उल्ल्लेख छ।

अत्यावश्यक काम परे सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने भेला, धार्मिक, राजनैतिक सभा, र्‍याली, भेलाजम्मा प्रदर्शन लगायतको कुनै  कार्यक्रमहरु नगर्न र नगराउन समेत सूचनामार्फत जनकारी गराएको छ।

२२ गते सुनसरीको भुटहाका जीवन मेताहलाई कुटपिट गरिएको विषयलाई लिएर विवाद चर्किएको थियो। भुटहा आसपास केही समय झडपको समेत भएको थियो सोही विवादले कुनै पनि अप्रिय घटना नघटोस् भन्नका लागि निशेधाज्ञा जारी गरिएको सुनसरी प्रशासन कार्यालयले जनाएको छ।

यता, विराटनगरमा कुटपिट गर्नेलाई कार्वाहीको माग राख्दै हिन्दु सम्राट नेपाले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र समेत बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation