लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्‍यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दल लुम्बिनीका नेता महरालाई शुक्रबार  मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

महराले प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सदस्यमध्ये बहुमत सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

महरालाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जना सांसदले पक्षमा हस्ताक्षर गरेका छन्।

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको लागि बाटो खुला भएको थियो। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि सत्ता फेरिएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation