प्रस्तुत कार्यपत्रमाथि अधिवक्ता करूणा पराजुली, झलक सुवेदी, रोशन जनकपुरी, धमेन्द बस्तोला, रामराज रेग्मी, संगीत स्रोता, श्याम श्रेष्ठ र सिमर सिंहले टिप्पणी गरे ।
लेनिनको मृत्यु भएको सय वर्ष भएको सन्दर्भ पारेर लेनिनका विचार, योगदान र शिक्षाहरुका बारेमा गोष्ठीमा गहन छलफल गरेको शतवार्षिकी समितिका संयोजक निनु चापागाईंले जानकारी दिए । साथै उनले याे कार्यक्रम पनि नेपाली क्रान्तिकारी आन्दोलनकै एक कडी भएको बताउँदै कार्यक्रममा विभिन्न छिमेकी देश तथा देशभरबाट उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ताखाले कार्यक्रम पुन गरिरहन जरुरी रहेकाे बताए ।
कार्यक्रममा नेपाली समाजका सन्दर्भमा आजका राजनीतिक संकटको निकास खोज्न र विश्व समाजवादी क्रान्तिमा लेनिनवादको सान्दर्र्भिकताको बारेमा गहन छलफल भएको समितिका सदस्य हरि रोकाले बताए । लेनिनकाे महत्त्व नसकिएको बल्कि अभाव झनै खट्किएकाे किरणले बताए ।
उनले गफगाफ गरेर मात्रै नहुने भन्दै लेनिनका सार्वभाैैम मुल्यमान्यतालाई कुल्चिने नवमाक्र्सवादीहरुले माक्र्सवाद र लेनिनवादकाे दुरुपयोग गरेकाे बताउँदै सब भ्रमहरु चिर्न क्रान्ति नै जरुरी भएको बताए ।
कार्यक्रममा सुसेला संगीत समूहले विभिन्नखाले प्रगतिशील गीत प्रस्तुत गरेका थियो भने कवि बलराम तिमिल्सिना, विनोद विक्रम केसी र सन्देश गिरीले कविता प्रस्तुत गरेका थिए । सहभागीकाे तर्फबाट सुनिता बुढाथाेकी र झलकपाणी तिवारीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा हरेक कार्यपत्रमा सहभागीहरुले आलोचनात्मक तर्कसहितका सुझाव र प्रतिक्रियाहरु राखेका थिए ।