
१९ बैशाख, प्युठान
प्युठानको मल्लरानी – ५ सरङकोटमा भिषण आगोलागी भएको छ।
दिउँसो ऐरावती गाउपालिकाको जरुवाखोला सामुदायिक बनबाट लागेको आगो बस्तिमा छिरेपछी एउटा घर, एक थारे गोठ र एउटा टनेल जलेर नष्ट भएको छ । आगलागी बाट मल्लरानि – ५ सराङकोट निवासी पार्बती बिकको घर गोठ जलरे पुर्ण रुपमा क्षेती भएको हो ।
त्यस्तै उक्त आगलागी बाट विधुत्त तार र लिफ्ट खानेपानिका पाइपहरु जलेर पूर्ण रुपमा क्षेति भएको मल्लरानी – ५ का वडाअध्यक्ष गोपाल थापाले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपालि सेना र स्थानीयहरुको सक्रियतामा धेरै घर गोठ जोगाउन सकिएको उनले जानकारी दिए।
आगलागी बाट के-कती छेती भयो भन्ने बारे पुर्ण विवरण आउना बाकी !