हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

२० जेठ, घोराही
दाङमा हावाहुरीसहितको वर्षाको कारण घर भत्किँदा एकजना वृद्धको मृत्यु भएको छ।
शनिबार बेलुका आएको हावाहुरीसहितको पानीले घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका  १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।

 

उनको परिवारमा तीनजना रहेका थिए। तर,  हावाहुरीको समयमा घरमा वृद्ध  दम्पती मात्र थिए। हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो।

उनकी श्रीमती भने सकुशल रहेको तुलसीपुर १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation