‘विकास र वातावरणलाई प्रतिद्वन्द्वी नभई परिपूरक बनाउनु पर्छ’: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक बन्नुपर्ने बताएका छन् ।

विश्व वातावरण दिवस २०२४ को शुभकामना सन्देश दिँदै उनले वातावरण सुधार गर्दै वन, जल, वनस्पति तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई संविधान प्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनुपर्ने बताएका छन्।

उनले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको भन्दै उहाँले प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सबैलाई आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न यो दिवसले थप उत्साह प्रदान गर्ने बताएका छन्।

वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको नीति तथा कार्यक्रमबाट  वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उनको शुभकामना सन्देशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation