लुङग्री-माडी सिंचाइ आयाेजनाकाे फेरि परिचर्चा

२३ जेठ, प्युठान

फुल ब्राइड कन्सल्टेन्सी प्राली काठमाडौको आयोजनामा लुङ्रीमाडी सिंचाइ आयोजनाको “बिस्तृत अध्ययन सम्बन्धि प्रारम्भिक प्रस्तुति” कार्यक्रम प्युठानको जुम्रीमा सम्पन्न भएको छ। जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्युठानका प्रमुख नारायण प्रसाद डुम्रेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


पुर्ब मन्त्री तथा लुम्बिनी प्रदेश सांसद तुल्सिराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशेश अतिथि लुम्बिनी प्रदेश सांसद धनलक्ष्मि श्रेस्ठ र स्वर्गद्वारी नगर पालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी थिए ।

कार्यक्रममा भुगर्भबिद तथा फुल ब्राइड कन्सेल्टेन्सीका अच्युत कोइराला, सिंचाइबिज्ञ मोतिराज गौतम, ५नम्बर वडा अध्यक्ष गिर बहादुर घर्ती, पुर्ब वडा अध्यक्ष हिरामणी भण्डारी र लुङ्री माडी सिंचाइ आयोजनाको अध्यक्ष लोक बहादुर सुनारको समेतको आतिथ्यता रहेको थियो । त्यस्तै सारिका अन्य उपभोक्ताहरुकोसमेत उपस्थिति भएका थिए ।

 

प्रारम्भिक अध्ययनले नहरका लागि अनुमानित लागत २७ करोड ५२ लाख ६७ हजार ६ सय ५८ अनुमान गरिएको छ । भने लगातार काम गरे दुइबर्षमा नहर सम्पन्न गर्न्न सकिने बताएइको छ।
प्रारम्भिक प्रस्तुतिमा नहर सम्भब रहेको तथा त्यस्का लागि जनताको आवाज नपुगेको स्वंय कन्सल्टेन्सिका बिज्ञहरुले बताएका थिए । भने नगर प्रमुख र दुबै माननीय ज्युहरुले यस्को लागि आबस्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation