झोलुंगे पुलको लठ्ठा चुँडिदा अड्किए १३ खच्चड, एउटा नदीमै खस्यो

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ र  दैलेखको आठबिस नगरपालिका वडा-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ वटा खच्चड पुलमै अड्किएका छन्।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख गणेशप्रसाद काेइरालाले आज बिहान करिब ९ बजे नै पुलको एकातर्फको लठ्ठा चुँडिँदा ती खच्चड तारमा फसेको जानकारी दिए।

उनका अनुसार १३ वटा खच्चड फसेकोमा एउटा चाहिँ नदीमै खसेको थियो। तर,सामान्य चोट लागेको र उद्धार गरिएको निमित्त प्रमुख काेइरालाले जानकारी दिए। उनका अनुसार अरू खच्चड भने पुलमै फसेका छन्।

उनले भने,‘हामीलाई चाही ११ बजे जानकारी प्राप्त भयो, फसेका खच्चडहरुको उद्धार गर्न सशस्त्र प्रहरी र स्थानीयहरु खटिएका छन्, तर ठाउँ असहज भएकाले जटिल भएको तर उद्धार गर्ने प्रयास भइरहेको छ ।’

जिल्ला प्रशासन कार्यालय दैलेखले अहिले पुलको लठ्ठा चुँडिएसँगै दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation