Pranmancha

Advertisment

SKIP THIS

नाैबहिनीमा कृषकहरुकाे माटो परिक्षण

३० जेठ, प्युठान

एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्यूठानको आयाेजना र माटाे तथा मल परिक्षण प्रयाेगशाला खजुरा बाँकेकाे प्राविधिक सहयाेगमा प्यूठानका दुईवटा स्थानीय तहमा माटाे परिक्षण गरिएको छ ।

मंगलबार सरुमारानी गाउँपालिकाबाट १ सय ४ जनाकाे कृषियाेग्य जमिनबाट ल्याइएको स्याम्पलबाट सुरु गरिएको माटाे परिक्षण कार्यक्रम ऐरावतीमा गएर समापन गरिने एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यक्रम प्युठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनले माटाे परिक्षण कार्यक्रमले कृषि उत्पादनकाे सम्भाव्यता अध्ययनमा ठुलाे सहयोग गर्ने हुनाले याे कार्यक्रम हरेक कृषियाेग्य जमिनमा अनिवार्य रहेकाे बताए ।

आज बुधबार जिल्लाकाे नाैबहिनी गाउँपालिकाकाे बाहानेमा १ सय ३५ जना कृषकहरुकाे कृषियाेग्य जमिनकाे माटाे परिक्षण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख समुन्द्र केसीले बताए । पालिकाका सबै वडाबाट कृषकहरुले संकलन गरेर शिविरसम्म ल्याइएको माटाेलाई परिक्षण गरिएकाे उनले बताए ।


माटाे परिक्षण कार्यक्रममा पालिका अध्यक्ष डिलबहादुर थापाले पालिकामा पहिलाेपटक माटाे परिक्षण शिविर सञ्चालन गरिएको र यसले कृषकहरुलाई प्राविधिक रुपमा पनि ठुलाे राहत हुने विश्वास आफुले लिएको बताए । साथै उनले आगामी दिनमा पालिका र सम्बन्धित निकायहरुकाे प्राविधिक सहयाेगमा माटाे परिक्षण कार्यक्रम निरन्तर गरि कृषककाे समृद्धि प्राप्तिकाे लागि आफुहरु लागि परिरहने प्रतिबद्धता व्यक्त गर्दै आजकाे शिविरमा सहभागी सहयाेगी निकाय तथा सम्बद्ध प्राविधिकहरुमा कृतज्ञता ज्ञापन गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पाैडेलले माटाे परिक्षण कृषि जगतमा निकै महत्त्वपूर्ण खुड्किला भएको बताए । पालिकाका हरेक वडामा यसलाई अभियानकाे रुपमा लगेर वस्तुवादी नतिजा दिन सके आत्मनिर्भर कृषि उत्पादनमा ठुलाे राहत हुने बताए । पाैडेलले आजकाे कार्यक्रम सुरुवात मात्रै भएपनि कृषि उत्पादनकाे क्षेत्रमा यसकाे दुरगामी प्रभाव हुने बताए ।


माटाे परिक्षण खेती गर्नुपूर्व गरेर साेही अनुरुपको बीउविजनकाे वितरणमा ध्यान दिन सके कृषि उत्पादनमा मुनाफा हुने मल परिक्षण प्रयाेगशाला खजुरा बाँकेका माटाे प्राविधिक तिलकबहादुर केसीले बताए । उनले विभिन्न निकायहरुकाे सहयाेगमा लुम्बिनी प्रदेशका सबै जिल्लामा माटो परिक्षण अभियान थालिएको पनि बताए ।

यसाे त परम्परागत कृषि खेति गर्दै आएका पालिकाका कृषकहरु कृषिमा ऋणात्मक उत्पादनकाे चपेटामा छन् । त्यसलाई माथि उकास्न विज्ञ प्राविधिकहरुकाे सहयोगमा माटाे परिक्षण गरेर कुन ठाउँमा कुन खेति गर्ने भन्ने कुराकाे वैज्ञानिक परिचान र साेहिबमाेजिमकाे विउबिजन वितरण गर्न कृषि क्षेत्रकाे भविष्य निकै उज्वल रहेकाे सराेकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation