जंगली च्याउ खाँदा तनहुँमा पाँचजना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा पाँचजना बिरामी  भएका छन्। आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका डिलबहादुर गुरुङले नजिकैको जंगलबाट ल्याएको च्याउ खान दिँदा परिवारका सदस्य तथा छिमेकी बिरामी परेको प्रहरीले जनाएको छ।

बिारामीमध्ये ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीया पम्फी गुरुङको उपचार तनहुँको आबुखैरेनी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारीले दिए।

यस्तै ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङको उपचार नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा भइरहेको छ।

घर नजिकैको जंगलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन्। डिलबहादुरले शनिवार जंलबाट टिपेर च्याउन ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation